CLI

हामी आउँदै छौ – सम्पादकीय

देश ५२ /५३ सालबाट जनयुद्धमा फस्यो। सो जनयुद्ध ६२/६३ सालसम्म चल्यो।  त्यस पछि संबिधानका निमित्त देश केन्द्रित भयो। विचमा धेरै राजनैतिक अस्थिरता कायम रह्यो फलस्वरुप देश आर्थिक एजेन्डामा प्रवेश गर्न सकेन ।अन्तत नेपालको संबिधान २०७२ जारी भएपछी देशमा दुई ठूला चुनाव भए, पहिलो स्थानीय चुनाव र दोश्रो प्रदेश र प्रतिनिधि सभाको चुनाव । चुनाव पश्चात एकीकृत भई चुनावी मैदानमा होमिएका ने.क.पा (एमाले) र ने.क.पा (माओवादी) को गठबन्धनले स्पष्ट बहुमत पायो र अहिले एमालेको तर्फबाट केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेका छन । अबका दिनमा ओली नेतृत्व सरकारले आर्थिक विकास गर्नु बाहेक अरु विकल्प छैन र आर्थिक क्रान्ति नै प्रमुख चुनौती रहेको छ।  अब कुनै वाहना चल्ने छैन र अबका वाहना आम नेपाली जनतालाई स्वीकारीय पनि हुने छैनन् ।

विद्यमान आधुनिक  सुचना प्रविधिको युगमा पत्रकारिता र सहि सुचना विश्लेषणको अत्यन्त ठुलो महत्व रहेको छ। दिन प्रतिदिन यस क्षेत्रमा चुनौती थपिदै आएका छन । पहिले जस्तो एउटै मिडियाले सबै प्रकृतिका समाचार लेख्ने जमाना हराउदै गएको अवस्था छ । पहिले पहिले एउटा चिकित्सकले जुन सुकै विरामीको पनि उपचार गर्थे भने अहिले आएर शरीरको प्रत्येक अङ्गका लागि छुटा छुट्टै चिकित्सक रहने समय आईसकेको छ।  त्यस्तै मिडियाले पनि अहिले त्यही दिशा समातेको छ । यो कुरालाई मध्यनजर गर्दै हामीले आर्थिक क्षेत्रलाई समेट्ने गरी www.equitynepal.com नाम गरेको मिडिया दर्ता गरेका छौ र हामीले प्रेस काउन्सिलमा सुचिकृत भई नेपाल सरकार अन्तर्गतको सुचना विभागमा विधिवत रुपमा दर्ता गरी आगामी वैशाख १ गतेबाट व्यावसायिक संचालनमा आउने तरखरमा रहेका छौ । www.equitynepal.com सेक्यूर्ड सोलुशन फर शेयर ईनभेस्टमेन्ट प्रा.लि. (थ्री एस) अन्तर्गतको प्रकाशित हुने एक अनलाइन पत्रिका रहेको छ ।
हामी हाम्रो पहुंचले भ्याएसम्म देशको आर्थिक क्षेत्र समेटेर त्यसको विश्लेषण गर्ने नै छौ।  हामी रिपोर्टिगं समाचार भन्दा पनि विश्लेषणात्मक समाचारमा केन्द्रित भएर आगामी दिनमा हाम्रो पाठकको मन जित्ने प्रयास गर्नेछौं । हाम्रो अनुभवी टिमले सधैं तपाईंहरुको मन जित्ने कुरामा हामी आशावादी छौ । आजसम्म हामीलाई सहयोग गर्ने सबैलाई विशेष धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दछौं ।
सन्तोष सिं लिम्बु
सम्पादक

Leave Your Comment

Related News