रसुवागढी र सान्जेन जलविधुत कम्पनीले जारी गरेको पहिलो चरणको आईपीओ बाँडफाँड [नतिजा सहित]

इक्विटी नेपाल – काठमाडौँ :
रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेड र सान्जेन जलविधुत कम्पनी लिमिटेडले पहिलो चरणमा निष्काशित शेयरहरु आज बाँडफाड गरिएको छ। दुवै कम्पनीहरुले कर्मचारी संचयकोषका संचयकर्तालाई फाल्गुन ११ गते देखि ३० गतेसम्म र संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीलाई चैत्र ५ गतेदेखि १३ गतेसम्म शेयर निस्काशन गरेका थिए। 

रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडले १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता शेयर निस्काशन गरेकोमा कर्मचारी संचयकोषका संचयकर्ताबाट १ लाख ८८ हजार ८५ वटा आवेदन मार्फत मागभन्दा ५ दशमलव ०२ गुणा बढी ६ करोड ६९ लाख ६६ हजार २६ कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो। 
धितोपत्र निस्काशन तथा बाँडफाँड नियमवाली २०७४ अनुसार रितपूर्वक आवेदन दिने १ लाख ८७ हजार ८ सय ७८ आवेदकलाई माग अनुसार न्यूनतम ५० कित्ता देखि ८१ कित्ता शेयर बाँडफाँड गरिएको छ। 
रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडको शेयरको बिक्रि प्रबन्धकको कार्य गरिरहेको सिद्धार्थ क्यापिटलले जनाए अनुसार ५० देखि ७० कित्ता आवेदन गर्ने सम्पूर्ण सदर भएका आवेदकलाई माग अनुसार शेयर बाँडफाँड गरेको छ भने ८० देखि ५०० कित्ता माग गर्ने आवेदक मध्येबाट गोलाप्रथाका मध्यमबाट ६८ हजार १८ जना आवेदकलाई थप १० कित्ता शेयर सहित जम्मा ८० कित्ता शेयर बाँडफाँड गरिएको छ। यसरी बाँडफाँड पश्च्यात बाँकी रहको ५ कित्ता शेयर थप ५ जना आवेदकलाई थप १ कित्ता सहित ८१ कित्ता शेयर बाँडफाँड गरिएको छ।

रसुवागढी हाईड्रोपावरमा ५० देखि २५० कित्तासम्म माग गर्ने संस्थापक शेयरधनी संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीले माग गरे बमोजिमनै शेयर पाएका छन् भने २७० कित्ता देखि ५०० कित्ता माग गर्नेहरु मध्येबाट गोलाप्रथाबाट न्यूनतम २५० कित्ता सहित थप २० कित्तासम्म शेयर पाएका छन्। 

त्यस्तै, सान्जेन जलविधुत कम्पनी लिमिटेडको शेयरको मुख्य निस्काशन तथा बिक्रि प्रबन्धकको कार्य गरिरहेको नागरिक लगानी कोषले पनि पहिलो चरणमा कर्मचारी संचयकोषका संचयकर्तालाई, संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीलाई जारि गरेको शेयरहरु आज बाँडफाँड गरेको छ। 
सान्जेन जलविधुतको ५० देखि १४० कित्तासम्म माग गर्ने संस्थापक शेयरधनी संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीले माग गरे बमोजिमनै शेयर पाएका छन् भने १५० कित्ता देखि ३०० कित्ता माग गर्नेहरु मध्येबाट गोलाप्रथाबाट २ हजार ७ सय ४६ जनाले न्यूनतम १४० कित्ता सहित थप १० कित्ता शेयर पाएका छन्। 
अर्को तर्फ कर्मचारी संचयकोषका संचयकर्तालाई छुट्याईएको ७१ लाख १७ हजार ५ सयकित्ता शेयरहरु रितपूर्वक आवेदन दिने १ लाख ८५ हज्जार ३५ जना संचयकर्तालाई न्यूनतम ३० कित्ता शेयर बाँडफाँड गरिएको छ ब्भाने बाँकी रहेको शेयरहरु गोलाप्रथाबाट १ लाख ५६ हजार ६ सय ४५ जनालाई न्यूनतम ३० सहित थप १० कित्ता शेयर पाएका छन्।
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार