CLI

नबिल ब्यालेन्स फण्ड १ योजना अवधि समाप्ति संगै कारोबार बन्द



इक्विटी नेपाल – काठमाडौँ :

नबिल ब्यालेन्स फण्ड १ को योजना अवधि समाप्त भएसँगै नेप्सेमा उक्त योजनाका इकाईहरुको कारोबार आज (चैत्र ३०,२०७५) बाट बन्द भएको नेप्सेले सूचना मार्फत जनाएको छ। 
नबिल इन्भेस्टमेन्ट बैंकिंग  लिमिटेडले पाँच वर्षअघि ७५ करोड रुपैयाँको सामूहिक लगानीकोष योजनाका रूपमा सुरुगरेको नबिल ब्यालेन्स फण्ड १ ले यस अवधिमा आफ्ना ईकाईधनीलाई विगत ४ वर्षमा शत प्रतिशत नगद लाभांश वितरण गरी सकेको छ। योजनाले आ.व ७०/७१ मा १४ प्रतिशत , आ.व ७१/७२ मा १४ प्रतिशत , आ.व ७२/७३ मा ३० प्रतिशत तथा आ.व ७३/७४ मा ४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।  साथै उक्त योजनाका इकाईहरुको नेप्सेमा अन्तिम कारोबार मूल्य प्रति इकाई १६ रुपैयाँ ६५ पैसा रहेको छ। 
अब योजना व्यवस्थापकले योजनाले लगानी गरेका शेयरहरु बिक्री गरी प्राप्त रकमलाई सम्पूर्ण खर्च कटाई इकाईधनीहरुमा दामासाही रूपमा बाँडफाँड गर्ने छ। 

Leave Your Comment

Related News