शेयर खरिद बिक्री गर्ने लगानीकर्तालाई सजिलो : इन्टरनेट मार्फत शेयर खरिद बिक्री आदेश दिने सकिने


इक्विटी नेपाल – काठमाडौँ :
नेपाल धितोपत्र बोर्डले लगानीकर्ताले शेयर ब्रोकरलाई इन्टरनेट मार्फत शेयर खरिद बिक्री आदेश दिने सक्ने व्यवस्था यही वैशाख २ ,२०७५ बाट कार्यान्वयनमा ल्याउन शेयर ब्रोकरलाई परिपत्र गरेको छ। यो प्रणाली कार्यान्वयनमा आयसँगै शेयर खरिद बिक्रीलगानीकर्तालाई ब्रोकर अफिसमा उपस्थित हुनु पर्ने दिनको अन्त्य हुने छ। 
हाल शेयर ब्रोकरहरुले चलाइरहेको ब्याक अफिस प्रणालीमा आवश्यक सुधार गरी इन्टरनेटबाटै शेयर खरिद बिक्री आदेश दिन सकिने सुविधा समावेश गरी सकिएको जानकारी धितोपत्र बोर्डलाई ब्याक अफिस प्रणाली प्रदायक संस्थाबाट प्राप्त भएकाले इच्छुक लगानीकर्तालाई २०७५ सालको सुरुदेखि उक्त सुविधा प्रयोग गर्ने सक्ने जनाएको छ। 
यो प्रणाली लागू भएपछि ब्रोकर कार्यालयको अभिलेख पारदर्शी हुने तथा नेप्सेले कार्यान्वयनमा ल्याउन लागेको अनलाइन प्रणालीको आधार तय गर्नसमेत थप सहज हुने बोर्डको भनाई छ ।
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार