प्रति व्यक्ति ऋण २४ हजार : महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन


इक्विटी नेपाल – काठमाडौँ :
महालेखा नियन्त्रक कार्यालयले पेस गरेको आर्थिक वर्ष २०७३/७४ सम्मको विवरणमा नेपाल सरकारको कुल ऋण दायित्व रु.६ खर्ब ९७ अर्ब ६९ करोड रहेको छ । जसमध्ये आन्तरिक ऋण रु.२ खर्ब ८३ अर्ब ७१ करोड र वैदेशिक ऋण रु.४ खर्ब १३ अर्ब ९८ करोड रहेको देखिन्छ । जम्मा ऋण मध्य आन्तरिक ऋणको हिस्सा ४१ प्रतिशत र वैदेशिक ऋणको हिस्सा ५९ प्रतिशत रहेको छ । 
उक्त ऋण २०७३/७४ को कुल ग्राहस्थ उत्पादनको २६.८४ प्रतिशत रहेको छ । 
त्यस्तै प्रतिव्यक्ति कुल ऋण दायित्व रु.२४ हजार २ सय रहेको छ । प्रतिव्यक्ति ऋण दायित्व गत वर्षभन्दा रु.२१ सय ४७ले ले बढ्न गएको छ ।
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार