CLI

वैशाख १२ बाट नेपाल सेवा लघुवित्तको आइपिओ खुल्दै


इक्विटी नेपाल – काठमाडौँ :
नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी वैशाख १२ गतेबाट सर्वसाधारणलाई एक सय रुपैयाँ अंकित मूल्यको १ लाख ८० कित्ता आइपिओ निष्कासन गर्ने भएको छ। जस मध्ये २% ले हुन आउने ३६०० कित्ता शेयर कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने ९००० कित्ता शेय सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी १ लाख ६७ हजार कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।
इच्छुक लगानीकर्ता लघुवित्तको आईपीओमा न्यूनतम ५० कित्ता देखि अधिकतम ९०० कित्तासम्म खरिदका लागि आवेदन दिन सक्ने जनाएको छ। लगानीकर्ताले वैशाख १२, २०७५ देखि आवेदन दिन सक्ने छन्। यस आईपिओको आवेदन लिने कार्य छिटोमा वैशाख १६,२०७५ हुने छ। यदि पर्याप्त आवेदन न परे आवेदन दिने समय ढिलोमा जेष्ठ १०,२०७५ सम्म खुल्ला रहने जनाएको छ। 
इच्छुक लगानीकर्ताले आफ्नो बैंक खाता भएको नजिकको बैंकको शाखामा सम्पर्क गरी आवेदन दिन सक्ने छन्। 

Leave Your Comment

Related News