पूर्ण स्वचालित कारोबार प्रणालीका बारेमा प्राविधिक तथा सदस्य दलालबीच अन्तक्र्रिया कार्यक्रम सम्पन्न


इक्विटी नेपाल – काठमाडौँ :
आज नेपाल स्टक एक्सचेन्ज लिमिटेडले निकट भविष्यमा कार्यान्वयनमा ल्याउन लागेको इन्टरनेटमा आधारित पूर्ण स्वचालित कारोबार प्रणालीका बारेमा प्रणाली निर्माणमा संलग्न प्राविधिक तथा सदस्य दलालबीच अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको प्रेस विज्ञप्ति मार्फत जनाएको छ। 
नेप्सेले उक्त प्रणाली निर्माणका लागि सम्झौता गरेको वाईको इन्टरनेसनलको प्राविधिक टोलीका सदस्य विजय गुरलन, प्रदिप पाम्पडी र दिलिप सिंहले प्रस्तुती दिएका थिए । प्राविधिक टोलीका सदस्यको प्रस्तुतीमा सदस्य दलालको तर्फबाट प्रयोग हुने कारोबार प्रणाली, ग्राहकको व्यवस्थापन, कारोबार आदेशको व्यवस्थापन, कारोबार गर्ने तौरतरिका, नेप्से तथा ब्रोकरको सम्बन्ध, ब्रोकर तथा ग्राहकको सम्बन्ध, क्लियरिङ बैंक तथा निक्षेप प्रणालीसँगको सम्बन्ध, जोखिम व्यवस्थापन प्रणाली लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो । 
प्रस्तुतीको क्रममा विजय गुरलनले प्रस्तावित कारोबार प्रणालीको हालसम्म करिब ८२ प्रतिशत कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार ‘हामीले तयार गर्नुपर्ने सम्पूर्ण मोड्युलहरु छुट्टाछुट्टै तयार गरी परीक्षण भइसकेको छ । अव ती मोड्युलहरु लाई एकिकृत गरी छिट्टै यहाँहरु माझ ल्याउने छौं,’ । 
कार्यक्रममा सम्पूर्ण सदस्य दलालको उपस्थिति थियो । उपस्थित सदस्य दलालहरुले प्रस्तावित कारोबार प्रणालिका बारेमा विभिन्न जिज्ञासा राख्नुको साथै सुधारका लागि आफ्ना सुझाव समेत संकलन गरिएको जनाएको छ । 
नेप्से र वाइकोबिच १४ महिनाभित्र प्रस्तावित प्रणाली हस्तान्तरण गर्ने गरी २०७४ वैशाख ६ गते सम्झौता भएको थियो । सम्झौता अनुरुप नै कार्य अगाडि बढीरहेकोमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सन्तोष प्रकट गर्दै इन्टरनेटमा आधारित पूर्ण स्वचालित कारोबार प्रणाली कार्यान्वयनमा आएपछि दोस्रो बजार कारोबारमा सहजता आई नेपालको पुँजी बजार विकासमा अर्को कोशेढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार