CLI

ज्योति विकास बैंकका सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त


इक्विटी नेपाल – काठमाडौँ :
ज्योति विकास बैंकको सञ्चालक समितिले बैङ्कका कायम मुकायम प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत मनोज कुमार ज्ञवालीलाई  प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति गरेको छ।  सोही बैङ्कमा डेपुटी सीईओ रहेका ज्ञवालीले गत माघ १ गतेदेखि का.मु सीईओका रूपमा कार्यभार सम्हालेका थिए। 
नव नियुक्त सीईओ ज्ञवालीले ज्योति विकास बैङ्कमा आबद्ध हुनुअघि  ग्लोबल आईएमई बैंक लिमिटेडमापनि विभिन्न पदमा रही कार्य गरेका थिए। साथै त्यसअघि नेपाल राष्ट्र बैङ्कमा सहायक निर्देशकका रूपमा कार्यरत थिए। 

Leave Your Comment

Related News