CLI

भोलिबाट सुरु हुँदै प्रथम पूँजी बजार प्रदर्शनी


इक्विटी नेपाल – काठमाडौँ :
नेपाल धितोपत्र बोर्डको रजत जयन्तीको अवसरमा नेपालको धितोपत्र बजारको इतिहासमा नै पहिलो पल्ट पूँजी बजार प्रदर्शनी भोलिबाट सुरुहुने भएको छ। प्रथम पूँजीबजार प्रदर्शनी भोलि वैशाख २६ गते र २७ गते भृकुटीमण्डप आयोजना हुने बोर्डले जनाएको छ। 
प्रदर्शनीमा नेपाल स्टक एक्सेंज, सिडीएस एण्ड किल्यरिङ्ग लिमिटेड,धितोपत्र दलाल कम्पनी , मर्चेन्ट बैंकर, सामूहिक लगानीकोष, क्रेडिट रेटिंग कम्पनी, डीपी र आस्वा सेवा प्रदान गर्ने कम्पनीहरू, तथा नेपाल राष्ट्र बैंक , बिमा समिति लगायतका १७० वटा स्टल रहने बोर्डले जनाएको छ। 
पूँजीबजार प्रदर्शनीसँगै धितोपत्र बजार, सिडीएस तथा बजार पूर्वाधार व्यवस्था, मर्चेन्ट बैङ्किङ्ग व्यवसाय तथा शितोपत्र दलाल व्यवसाय सम्बन्धमा अन्तरक्रिया कार्यक्रम जनाएको छ। साथै अवलोकनकर्ताले धितोपत्र बजार सम्बन्धी अध्ययन सामग्री नि शुल्क सक्ने छन्।

Leave Your Comment

Related News