पेट्रोलियम पदार्थको मूल्य वृद्धिको ईतिहास [ट्रेन्ड चित्र सहित]

इक्विटी नेपाल – काठमाडौँ :
विगत केही समय देखि नेपालमा पेट्रोलियम पदार्थको मूल्य आकाशिदै गएको छ । उपलब्ध तथ्याङ्कबाट हेर्दा बिस २०५४ सालमा पेट्रोलको मूल्य प्रति लिटर ३९ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १७ रुपैयाँ ५० पैसा रहेको र बिस २०७० फाल्गुन ३० गते इतिहासमै पेट्रोलियम पदार्थमा उच्च मूल्य देखिएको थियो । पेट्रोले प्रति लिटर १४० रुपैयाँ र डिजेल प्रति लिटर १०९ रुपैयाँ पुगेको थियो । त्यसपछि पेट्रोल र डिजेलको मूल्यमा निरन्तर ओरालो लागेकोमा केही समय यता फेरी मूल्य बढ्दो ट्रेडमा छ ।

भारत(रक्सौल) र नेपाल (वीरगन्ज)को मूल्यलाई दाज्दा अझैपनि नेपालमा पेट्रोल २० रुपैयाँ ६६ पैसा र डिजेल २३ रुपैयाँ ६५ पैसा सस्तो छ । 

अहिले पेट्रोलको मूल्य प्रति लिटर ११० रुपैयाँ छ भने डिजेलको प्रति लिटर ९२ रुपैयाँ रहेको छ ।
भारत(रक्सौल) र नेपाल (वीरगन्ज)को मूल्यलाई दाज्दा अझैपनि नेपालमा पेट्रोल २० रुपैयाँ ६६ पैसा र डिजेल २३ रुपैयाँ ६५ पैसा सस्तो छ । 

सन २०१४ पछि नेपाल आयल निगमले स्वतः सञ्चालित पेट्रोलियम मूल्य संरचना (Automatic Petroleum Pricing Mechanism) बमोजिम पेट्रोल, डिजेल र मट्टीतेलमा प्रत्येक १५ दिनमा मूल्य घटबढ अथवा यथावत् हुने गरी समायोजन गरिरहेको छ भने हवाई इन्धन र एलपि ग्यासको हकमा अन्तर्राष्ट्रिय बजार मूल्य मुताबिक समायोजन गर्दै जाने नीति लिएको छ । अन्तर्राष्ट्रिय बजारमा विगत १ वर्षको ट्रेन्ड हेर्दा पेट्रोलयम पदार्थको मूल्यमा निरन्तर उछाल आइरहेको छ । 

पेट्रोल र डिजेलको दिनानुदिन आएको मूल्य वृद्धि, त्यसमापनि डिजेलमा भएको मूल्य वृद्धिले जनतालाई सिधै असर पुग्ने जानकार बताँउछन ।
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार