CLI

लगानीकर्ता संघहरुलाई सुझाव


इक्विटी नेपाल – काठमाडौँ :
जेष्ठ ५ गते शनिवार नेपाल इन्भेष्टर्स फोरम र नेपाल पूँजी बजार लगानीकर्ता संघले लगानीकर्ताहरूका निमित्त सचेतना कार्यक्रम आयोजना गरेका छन् । नेपाल इन्भेष्टर्स फोरमले निकट भविष्यमा आउँदै गरेको अनलाइन कारोबार प्रणाली बारे करिब ३०० लगानीकर्तालाई जानकारी गराएको थियो  भने नेपाल पूँजी बजार लगानीकर्ता संघले कुमारीपाटी स्थित नेपाल शेयर हबको कार्यालयमा शेयर बजारको आधारभूत र प्राविधिक पक्षको बारेमा करिब ३० जना लगानीकर्तालाई जानकारी गराएको थियो । 
यसरी विभिन्न समयमा गरिने यस्ता कार्यक्रमहरूले लगानीकर्ताहरूलाई नयाँ कुरा सिक्ने र यसले समस्त पूँजी  बजारलाई बलियो बनाउने कुरामा दुई मत छैन। 
अर्को राम्रो कुरा के भने शनिवार आयोजित दुवै कार्यक्रमहरूमा प्रवेश निःशुल्क थियो।
यसरी विभिन्न समयमा विभिन्न संस्थाहरुले आयोजना गर्ने यस्ता कार्यक्रमबाट पक्कैपनि शेयर बजारको दिगो विकासलाई मदत गर्ने नै छ । 
तर हामीले बुझ्नु पर्ने कुरा के भने शेयर बजार राजधानीमा मात्र होइन , राजधानी बाहिर मोफसलमा धेरै ठुलो जनसङ्ख्या छ जो पुजी बजारमा प्रवेश गर्न सकेको छैन।  बजार प्रवेशका लागि चाहिने न्यूनतम ज्ञानको अभावले गर्दा ठुलो जनसङ्ख्या र ठुलो पूँजी  बजारमा प्रवेश गर्न सकेको छैन। 
लगानीकर्ताको हक हितको लागि लड्ने सस्थाहरुले राजधानी मात्र होइन राजाधानी बाहिरपनि  निरन्तर रूपमा शेयर शिक्षा अभियान फैलाउन जरुरी छ। 
राजाधानी बाहिरका जनतामा शेयर प्रतिको चासो बढ्दै गएको अवस्थामा राम्रै पूँजी शेयर बजारममा प्रवेश गर्ने छ , जसले  समस्त बजारलाई दिन प्रतिदिन बलियो बनाउँदै लैजाने छ । 
आजको दिनमा लगानीकर्ता संघ  सस्थाहरुले गरेको काम प्रशंसा योग्य छ र भविष्यमा राजधानी बाहिरपनि शेयर सम्बन्धी चेतनामुलक कार्यक्रम संचालनमा ल्याई शेयर बजारलाई दिनानुदिन बलियो बनाउने काममा लगानीकर्ताका संघ सस्थाहरु अग्रसर हुने नै छन्। 

Leave Your Comment

Related News