CLI

नाडेप लघुवित्तले पायो आइपिओ जारी गर्न अनुमति


इक्विटी नेपाल – काठमाडौँ :
धादिङको गजुरीमा प्रधान कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई चार करोड ८० लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरमा चार लाख ८० हजार कित्ता शेयर निकशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ। 
चुक्ता पूँजी ११ करोड २० रहेको यस लघुवित्तले कुल शेयरको ३० प्रतिशत शेयर सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो। आइपिओ निष्कासनपछि लघुवित्तको चुक्ता पुँजी १६ करोड रुपैयाँ पुग्नेछ ।
यस कम्पनीको साधारण शेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। 

Leave Your Comment

Related News