दुई कम्पनीले पाए हकप्रद बिक्री गर्न अनुमति


इक्विटी नेपाल – काठमाडौँ :
नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई हकप्रद शेयर बिक्री गर्न अनुमति प्रदान गरेको छ। मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर बिक्री गर्न क्रमशः जेष्ठ १ गते र जेष्ठ ४ गते अनुमति प्रदान गरेको छ। 
मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकलले १ बराबर १ कित्ताको अनुपातमा चार लाख ५० हजार कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो। उक्त हकप्रदका निम्ति बिक्री प्रबन्धकमा एनआईबिएल यस क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले यस हकप्रद शेयर बिक्रीका निम्ति अगि जेष्ठ १८गते बुक क्लोज मिति तय गरेको छ। जेष्ठ १७ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउने छन्। 
त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी १० बराबर ६ कित्ताको अनुपातमा ९९ लाख ३६ हजार चार सय ७७ दशमलव ५० कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो। उक्त हकप्रदका निम्ति बिक्री प्रबन्धकमा एनआईबिएल यस क्यापिटल लिमिटेड रहेको छ। 
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार