CLI

नेपाल बैंकले गर्‍यो एफपीओको प्रिमियम मूल्य प्रस्ताव


इक्विटी नेपाल – काठमाडौँ :
नेपालको पहिलो बैङ्कका रूपमा स्थापित नेपाल बैंक लिमिटेडले गत फाल्गुनमा सम्पन्न वार्षिक साधारणसभाले निष्कासन गर्न पारित गरेको एफपीओको प्रति शेयर अङ्कित मूल्य एक सय रुपैयाँमा थप प्रिमियम एक सय ८० रुपैयाँ सहित दुई सय ८० रुपैयाँ तोकेको छ। हाल बजारमा यस बैंकको शेयर नेप्सेमा प्रति कित्ता तीन सय ३६ रुपैयामा कारोबार भईरहेको छ। 
बैङ्कमा रहेको सरकारी शेयर स्वामित्वलाई कम गर्न एक करोड ७६ करोड ८४ हजार कित्ता एफपीओ जारी गर्न प्रक्रियाका क्रममा बैंकको सञ्चालक समितिको जेष्ठ १० गतेको बैठकले प्रिमियम मूल्य प्रस्ताव गरेको हो।
बैंकले प्रस्ताव गरेको प्रिमियम मूल्य नेपाल धितोपत्र बोर्डबाट स्वीकृत नभईसकेकोले अन्तिम नै भन्न मिल्दैन। बैंकले एफपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा अनुमतिका लागि निवेदन दिएपछि बोर्डले एफपीओको प्रिमियम मूल्य निर्धारण गर्ने छ।
अहिलेको अवस्थामा बैङ्कमा नेपाल सरकारको ६१ दशमलव २१ प्रतिशत र सर्वसाधारणको ३७ दशमलव ७९ प्रतिशत शेयर स्वामित्व रहेकोमा एफपिओ निष्कासनपछि बैङ्कमा सरकारी स्वामित्व ५१ प्रतिशतमा झर्ने छ भने सर्वसाधारणको हिस्सा बढेर ४९ प्रतिशत पुग्ने छ।
बैंकको तेस्रो त्रैमासको प्रतिवेदनका आधारमा चुक्ता पूँजी आठ अरब चार करोड रहेको छ। जसमा एफपीओ निष्कासन पछि बैंकको चुक्ता पूँजी एक अर्ब ७६ करोडले वृद्धि हुँदै नौ अर्ब ८१ करोड हाराहारी पुग्ने पुग्ने छ भने बैंकको जगेडा कोषमा प्रिमियम थपिँदा जगेडा कोष थप मजबुत हुने देखिन्छ।

Leave Your Comment

Related News