व्यक्तिलाई बढ्यो पूँजीगत लाभ कर : सँस्थालाई यथावत


इक्विटी नेपाल – काठमाडौँ :
सरकारले बजेट जारी गरेसँगै पूँजीगत लाभकर वृद्धि भएको छ । उक्त कुरा अर्थ मन्त्रीको बजेट भाषणमा नआएपनि सरकारले जारी गरेको आर्थिक वर्ष २०७५/७६को आर्थिक विधेयकमा यो कुरालाई समेटेको छ ।

परिवर्तित पूँजीगत लाभकर व्यक्तिगत लगानीकर्ताको लागि ७ दशमलव ५ प्रतिशत बनाएको छ। संस्थागत तथा अन्य लगानीकर्ताको लागि क्रमश: १०  प्रतिशत र २५ प्रतिशत यथावत कायम गरिएको छ । 

पूँजीगत लाभकरमा भएको यो वृद्धि सङ्गै अब व्यक्तिगत लगानीकर्तालाई खुद मुनाफामा अतिरिक्त ५० प्रतिशतको भार थपिएको छ । यस अघि व्यक्तिगत लगानीकर्ताकोलागि ५ प्रतिशत पूँजीगत लाभकर कायम रहेको थियो । 

साथै सुचिकृत नभएका कम्पनीहरुको हकमा व्यक्तिगत लगानीकर्ताले दश प्रतिशत र संस्थागत लगानीकर्ताले १५ प्रतिशत साथै अन्य लगानीकर्ताले २५ प्रतिशतको दरले पूँजीगत लाभ कर बुझाउनु पर्ने व्यवस्था गरेको छ ।

यसका साथै सरकारले शेयर बजारमा हुने कारोबारमा भ्याट नलाग्ने कुरा प्रस्ट पारेको छ ।


(अद्यावधिक : २०७५-०२-१५ साँझ ०८:१९ बजे )
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार