बजेटलार्इ सकारात्मक बताउँदै लगानीकर्ता संघले लगानीकर्तालार्इ विवेकशील बन्न गर्याे अाग्रह



इक्विटी नेपाल – काठमाडौँ :

लगानीकर्ता संघ नेपालले हिजाे जेष्ठ १५ गते अार्थिक वर्ष २०७५/७६ काे लागि प्रस्तुत भएकाे बजेटले नेपाली पूँजीबजारकाे विकासलाई विशेष स्थान दिएको र लगानीकर्ताहरूले अनावश्यक हल्लाहरूको पछि नलागी स्वविवेक प्रयोग गरी लगानी गर्न लगानीकर्ताहरुलाई आह्वान गरेको छ । 
संघले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाली पूँजी बजारसुधारका लागि प्रस्तुत बजेटले धेरै सकारात्मक कुरा समेटेको र अर्थमन्त्रीले प्रस्तुत बजेटमा सेयर बजारलाई महत्वपूर्ण स्थान दिएकाे बताएकाे छ । साथै उसले याे बजेट बजारका लागि सुखद र बजेट सम्बन्धमा सबै पक्ष सकारात्मक बन्नुपर्नेमा जोड दिएको छ । 
संघले बजेटमा प्रस्तुत बजार सुधार बिषयलाई बुँदागत रुपमा निम्नानुसारले प्रस्तुत गरेको छ । 
  • राष्ट्र बैंक ऐन, बिमा समिति ऐन र धितोपत्र ऐनमा आवश्यक संशोधन ।
  • प्राईभेट इक्वीटि फण्ड, हेज फण्ड र भेन्चर फण्ड पूँजीबजारमा प्रवेश गराउने ।
  • बिमा कम्पनी र हाइड्रोपावर कम्पनीलाई प्रोत्साहन ।
  • भ्याटमुक्त पूँजीबजारको अवधारणा ।
  • उत्पादनमूलक कम्पनीलाई अनिवार्य पूँजीबजारमा प्रवेश गराउने ।
  • ५० करोडको कम्पनीले आइपीओ जारी गरेमा कर छुटको व्यवस्था ।
  • नागरिक लगानी कोष, कर्मचारी सञ्चयकोष र निक्षेप तथा कर्जा सुरक्षण कोषको नियमन गर्ने तथा डिलरसिपको जिम्मेवारी दिने व्यवस्था गरिने जस्ता कुरा अत्यन्त सकारात्मक छन् । 
५० कराेड पूँजी भएका कम्पनीहरूले सावर्जनिक कम्पनीमा परिणत गरे ३ वर्षसम्म अायकरमा १० प्रतिशत छुट दिने व्यवस्था तथा १ अरब भन्दा माथीका उत्पादनमूलक कम्पनीहरूलार्इ सार्वजनिक निश्कासन गरी काराेबारका लागि सूचीकृत हुनुपर्ने व्यवस्था ल्याएबाट अर्थमन्त्रीज्यू पूँजीबजार प्रति कति सम्वेदनशील हुनुहुन्छ र यी कुराहरू पूँजी बजारका लागि नितान्त आवश्यक छन् भन्ने कुराको पुष्टी भएकाे छ ।’ संघका महासचिव जगन्नाथ पूडासैनीद्वारा जारी विज्ञप्तिमा पूँजीबजारको भविष्य अत्यन्त उज्वल रहने अपेक्षा सहित अनलाइन कारोबार समेत छिटृै आउने कुरामा आशावादी रहेकाे र सबै लगानीकर्ताहरुलार्इ सकारात्मक सोचका साथ आफ्नो विवेक प्रयोग गरी शेयर कारोवार गर्न अाग्रह गरिएकाे छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ १६ गते दिनको ४:०४ बजे 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार