CLI

लगानीकर्ताहरु आफ्नो अधिकारको लागि लड्न सक्षम रहेको प्रमाणित


ईक्विटी नेपाल- काठमाडौं
आन्तरिक राजस्व विभागले बोनस शेयर र हकप्रद शेयरमा अंकित मूल्यलाई आधार मानेर पूंजीगत लाभकर लगाएसंगै लगानीकर्ताहरू आन्दोलनमा उत्रिएका छन् ।

आन्तरिक राजस्व विभागले चिठी काटेपछि लगानीकर्ताहरू आक्रोशित भएका थिए, आइतबार बिहान नेप्सेको आधिकारिक वेबसाइटबाट उक्त कुरा लगानीकर्ताले थाहा पाएका थिए ।

सोमबार बिहानै लगानीकर्ता सङ्घ सस्थाहरु लगानीकर्ताको साथमा नेप्से गए, नेप्से परिसरमा शान्तपूर्ण रूपमा विरोधका कार्यक्रम आयोजना भए, लगानीकर्ताहरूले “कारोबार बन्द गर” भन्दै नारा लगाउँदा उता ब्रोकर कार्यालयबाट शेयर किन बेच चल्दै थियो, त्यसपछि लगानीकर्ताको सोही समूह धितोपत्र बोर्ड तर्फ लाग्यो ।

धितोपत्र बोर्डका अध्यक्ष र प्रवक्ता बोर्डको मूल ढोकामा रहेछन्, धितोपत्र बोर्डका अध्यक्ष भन्दापनि प्रवक्ता निरज गिरी माथि लगानीकर्ताहरू अलि धेरै रुष्ट थिए कारण थियो प्रवक्ताले पूंजीगत लाभकर सम्बन्धी नयाँ व्यवस्थामा सरकारको समर्थन गर्दै मिडियामा दिएको अबिव्यक्ति ।

केही बेरमै केही लगानीकर्ताहरू प्रवक्ता माथिनै हातपात गर्ने प्रयास गरे तर स्थिति नियन्त्रणमा आयो र केही लगानीकर्ता साथीहरूले नै माहोल बिग्रिन दिएनन ।

त्यसपछि अध्यक्ष रेवत कार्कीले आफ्ना केही कुरा राखेपछि गाडी चढेर कार्यालयबाट निस्किनु भयो, प्रवक्ता निरज गिरि भने कार्यालय भित्र बाट बाहिर आएनन । यसरी लगानीकर्ताहरूको सोमबारको विरोधको कार्यक्रम सकियो ।

सोमबार अबेर सम्म बसेर लगानीकर्ता सङ्घ सङ्गठनले संयुक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै मंगलबारबाट शेयर कारोबार नगराउन ब्रोकरहरुलाई आग्रह गरे ।

सोमबार ४३ करोडको कारोबार भएतापनि मङ्गलवार भने शेयर कारोबार भएन, सम्पूर्ण लगानीकर्ताहरू र ब्रोकरहरुले लगानीकर्ता सङ्घ सङ्गठनलाई सहयोग गरे । त्यस्तै बिहानैबाट नेप्सेमा लगानीकर्ताहरू भेला भएर आफ्नो उपस्थित्ती देखाउन पछी हटेनन् ।

बेला बेलामा आउने यस्ता दुर्घटनाबाट पक्कैपनि बजार बलियो हुँदैन, लगानीकर्ताको मनोबल घट्ने छ ।

अहिलेको शताब्दीको पूंजी बजार निर्माणमा सबैको साथ सहयोग अपरिहार्य छ ।

मोफसल पनि तात्यो

राजधानी मात्र होइन राजधानी बाहिरका लगानीकर्ताहरुपनि तातेका छन् ।चितवन र बुटवलमा पनि विभिन्न विरोधका कार्यक्रम आयोजना भए ।

चेम्बर अफ कमर्सले नि मुख खोल्यो

चेम्बर अफ कमर्सलेपनि मंगलबार प्रेस विज्ञपती सार्वजनिक गदै नयाँ व्यवस्था स्थापित सर्वमान्य सिधान्त र अन्तरास्ट्रिय प्रचलन तथा मूल्य मान्यता विपरीत भएकोले खारेज गर्न माग गरेको छ ।

लगानीकर्ताहरू आफ्नो अडानमा यथावत :
सोमबार केही लगानीकर्ताहरू नेप्से र धितोपत्र बोर्डमा बसेर विरोध गरिरहँदा उता ब्रोकर कार्यालयबाट भने धमाधम शेयर किन बेच भएको थियो, सोमबारको दिन लगानीकर्ताहरू एक धारमा उभिन सकेनन् लगानीकर्ता संघ संगठनबाट स्पस्ट विरोधको कार्यक्रम सार्वजनिक नहुदा लगानीकर्तामा एकरुपता आउन नसकेको केहीको आरोप थियो ।

तर सोमबार राति लगानीकर्ता संघहरु संगठनबाट स्पष्ट विरोध कार्यक्रम आउँदा सबै लगानीकर्ताहरु एक धारमा उभिन सफल भए, दिन भरी एक कित्ता शेयर कारोवारपनि भएन । सबैको स्वर थियो ” नयाँ नियम खारेज गर,खारेज गर ”

प्रजातान्त्रिक देशमा जीत जनताकै हुनु पर्छ ?
नयाँ व्यवस्था अनुसार राज्यले शेयर बजारलाई निरुत्साहित पार्न खोजेकै हो, बजारको घट्नु बढ्नु आफ्नो ठाउँमा छ त्यो नितान्त बजारमा खरिद कर्ता र विक्री कर्ताले निर्धारण गर्ने कुरा हो तर यस्ता निर्णयले पूंजी बजारको मेरुदण्डनै कमजोर बानाउने गर्छ ।

संसारभरिकै बजार हेर्ने हो भएन नोक्सानीमा लाभ कर तिर्नु पर्दैन , काहीँ नभएको जात्रा हाडीगाउँ भने जस्तै नेपालमा यो व्यवस्था लागु भयो ।

भविष्यमा ठुलो पूंजी एकीकृत गरी देशको विकास गर्ने हो भने आजै देखिनै पूंजी बजारको विकास लागि राज्यले सोच्नु पर्छ ।

बेला बेलामा आउने यस्ता दुर्घटनाबाट पक्कैपनि बजार बलियो हुँदैन, लगानीकर्ताको मनोबल घट्ने छ ।

अहिलेको शताब्दीको पूंजी बजार निर्माणमा सबैको साथ सहयोग अपरिहार्य छ ।

Leave Your Comment

Related News