जेष्ठ ३० गतेदेखि एनएमबि बैंकको एफपीओमा आवेदन खुल्ला


इक्विटी नेपाल – काठमाडौँ :
एनएमबि बैंकले थप शेयर (एफपीओ) आगामी जेष्ठ ३० बाट निष्कासन खुल्ला गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी हासिल गर्न बैंकले एफपीओ जारी गर्नेबाट रोजेको हो। 
करिब एक वर्षदेखि धितोपत्र बोर्डमा स्वीकृत पर्खेर बसेको बैंकको एफपीओ निष्कासनका निम्ति धितोपत्र बोर्डले गत जेष्ठ १८ गते स्वीकृत दिएसँगै बैंकले निष्कासनको मिति तोकेको छ। बैंकले प्रति कित्ता एक सय अंकित मूल्यमा थप दुई सय रुपैयाँ प्रिमियम सहित एक करोड १४ लाख १५ हजार एक सय ६३ कित्ता थप शेयर निष्कासन गर्न लागेको हो। 
एफपीओ मार्फत बैंकको शेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताले जेष्ठ ३० गतेदेखि छिटोमा असार तीन गते भित्र अवादें दिईसक्नु पर्ने छ। यद्यपि, उक्त मितिमा पर्याप्त आवेदन नपरेमा आवेदन असार २८ गतेसम्म खुल्ला रहने बिक्री प्रबन्धकको कार्य गरी रहेको नागरिक लगानी कोषले जनाएको छ। 
हाल बैंकको चुक्ता पूँजी छ अरब ४६ करोड रहेको छ भने एफपीओ निष्कासनपछि यसको पूँजी ७ अर्ब ६० करोड पुग्ने छ। साथै एफपीओको क्रममा सङ्कलन हुने दुई अरब ६५ करोड हराहरीको प्रिमियम गएर जगेडा कोषको आकार आठ अर्ब २९ करोड पुग्ने छ। 
बैंकले जारी गर्न लागेको एफपीओलाई इक्राले ग्रेड ३ रेटिंङ्ग दिएको छ। यसले बैंकको वित्तीय अवस्था औसत रहेको जनाउँछ। 
बैंकको शेयर नेप्सेमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता तीन सय ९५ रुपैयाँमा कारोबार भैईरहेको छ। 
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार