CLI

अपार तामाकोशी हाइड्रोपावरको आइपिओले पायो निष्कासन अनुमति , कहिले खुल्ला आवेदन ?


इक्विटी नेपाल – काठमाडौँ :
निर्माणको अन्तिम चरणमा पुगेको राष्ट्रिय गौरवको ४५६ मेगावाटको जलबिधुत आयोजना बनाइरहेको अपार तामाकोशी हाइड्रोपावर कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित जनतालाई आईपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। 
कम्पनीले कुल दुई करोड ६४ लाख ७५ हजार कित्ता आइपिओ बिक्री गर्न अनुमति पाएको हो। यस मध्ये कुल पूँजीको दश प्रतिशत हुन आउने एक करोड पाँच लाख ९० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय जनतालाई र कुल पूँजीको १५ प्रतिशत हुन आउने एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर सर्वसाधारणलाई जारी गर्न बोर्डबाट अनुमति पाएको हो । 
यस अघि विभिन्न कारण पटक पटक आइपिओ निष्कासनको मिति सर्दै आइरहेकोमा यस पटक धितोपत्र बोर्डबाट अनुमति पाएकाले असार महिना भित्रै पहिलो चरणमा आयोजनाप्रभावित स्थानीय जनतालाई  आइपिओ निष्कासन हुने प्रबल सम्भावना रहेको छ। यद्यपि, आयोजना प्रभावित जनतालाई छुट्याईएको शेयर बाँडफाँडका विषयमा विवाद कायम रहेकाले आइपिओ निष्कासन तथा बांफांड अझ पर सर्न सक्ने देखिन्छ।

पहिलो चरणमा  आयोजना प्रभावित स्थानीय जनतालाई शेयर बांडफांड गरेपछि कम्पनीले सर्वसाधारणका लागि शेयर जारी गर्ने देखिन्छ। सर्वसाधारणले अपार तामाकोशीको शेयर भर्नका निम्ति साउन अन्तिमसम्म कुर्नु पर्ने देखिन्छ।  

प्रकाशित मिति : २०७५ जेष्ठ २४ गते (अद्यावधिक: २०७५ जेष्ठ २५ गते)

Leave Your Comment

Related News