CLI

ट्रम्प र किम जाेंग इलबीचकाे भेटवार्ताले अन्तर्राष्ट्रिय अर्थतन्त्रमा के असर पार्ला ?



इक्विटी नेपाल – काठमाडौँ :
अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र उत्तर काेरियाली राष्ट्रप्रमुख किम जाेंग इलबिच मंगलबार सिंगापुरमा एेतिहासिक भेटवार्ता सम्पन्न भएकाे छ । भेटवार्ताकाे कुरा चलेदेखि नै संसारभरी निकै चासाेका साथ हेरिएकाे याे वार्ताबाट काेरियाली प्रायद्विपमा स्थीरता अाउनुका साथै लामाे समयदेखि चुलिएकाे उत्तर काेरिया र दक्षिण काेरियाकाे बीच एवं अमेरिका र उत्तर काेरियाबीचकाे मतभेद अन्त्य हुने विश्वास लिइएकाे छ । 

दुवै नेताबीच करिब ५० मिनेट यता चलिरहेकाे भेटवार्तामा दुवै नेताले दाेभाषेकाे प्रयाेग गरेका छन् । दुर्इ नेताबीच गाेप्य काेठमा चलिरहेकाे भेटवार्तामा पहिले देखि नै चर्चामा अाए अनुरूपकै दुवै राष्ट्रबिच केही समयअघि देखि चर्किएकाे अाणविक हतियारकाे निशस्त्रिकरण एवं काेरियन प्रायद्विपकाे भविष्यकाे बारेमा छलफल हुने अनुमान गरिएकाे छ । 
वार्तामा छिर्नुअघि दुवै नेताले एकदमै उत्साहका साथ एक अर्कालार्इ सम्बाेधन गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले याे वार्ता एेतिहासिक भएकाे वताउनुका साथै जुन उद्देश्यले अायाेजना गरिएकाे हाे त्यसमा सफल हुने विश्वास रहेकाे बताएकाछन् ।
अन्तर्राष्ट्रिय मामलाका विज्ञहरूले जसरी १९७२ मा चीन र अमेरिकाबीच रहेकाे गतिराेधकाे अन्त्य गर्दै राष्ट्रपति रिचार्ड निक्सनले चीनकाे भ्रमण गरेकाथिए त्यसपश्चात चीनकाे नीति तथा अर्थतन्त्रमा त्यसले अामूल परिवर्तन ल्याउन तथा दुर्इ राष्ट्रलार्इ एकसाथ अगाडि बढ्न मार्गप्रशस्त गरेकाे थियाे के काेरिया प्रायद्विपमा पनि यस्तै हुनेछ भनेर निक्कै चासाेका साथ हेरिरहेकाे अन्तर्राष्ट्रिय पत्रपत्रिकाहरूले लेखेकाछन् । 
यसबीच व्लुमवर्गका लागि जिउवन लि लेख्छन – अहिले नियमित क्याबिनेट मिटिङ्ग अघि दक्षिण काेरियाली मन्त्रिपरिषका क्याबिनेट सदस्यहरू सबैजना क्याबिनेटमा अमेरिकि राष्ट्रपति ट्रम्प र उत्तर काेरियाली सुप्रिमाे किमविचकाे भेटवार्ताकाे लाइभ प्रसारण हेरिराखेकाछन् । 
यस्तै व्लुमवर्गमै एशिय क्रस एसेटस् मार्केटका म्यानेजिंग डाइरेक्टर क्रिस एनेस्टि लेख्छन् –    केही लगानीकर्ताहरूले अमेरिकी राजनीतिमा याे भेटवार्ताकाे सफलताले पार्ने प्रभाव बारे अध्ययन गर्न सुरू गरिसकेकाछन् । उनी थप अगाडि भन्छन् – मेराे साथी ग्रेगर हन्टरले अाज विहानै डच बैंक वेल्थ म्यानेजमेन्टका लगानी प्रमुख क्रिस्टियन नाेल्टिंग सँग कुरा गर्दै भनेकाछन् – म कल्पना गर्दैछु याे भेटवार्ताले पक्कै पनि अमेरिकाकाे रेटिङ्गमा परिवर्तनलार्इ अनुमाेदन गर्नेछ । र त्यो नोभेम्बरमा मध्यावधि निर्वाचनको लागि महत्त्वपूर्ण हुन सक्छ। 

यसबीच विश्व बजारमा याे भेटवार्ताकाे सकारात्मक असर परेकाे छ । शेयरकाे मुल्य बढेकाे छ, प्रमुख सूचकहरू सबै बढेकाछन् भने डलर इन्डेक्स तीनहप्ता यताकाे उचार्इमा पुगेकाे छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ २९ गते 

Leave Your Comment

Related News