CLI

कति रुपैयाँमा खुल्यो नेपाल सेवा लघुवित्तको पहिलो कारोबार


इक्विटी नेपाल – काठमाडौँ :
गत बैशाख १२ गते देखि १६ गतेसम्म आईपिओ निस्काशन गरी बैशाख २३ गते बांडफांड सम्पन्न गरेको नेपाल सेवा लघुवित्त वित्तीय संस्था शेयरहरुको नेप्सेमा मिति २०७५ जेठ ३१ गते बिहिबारदेखि कारोबार सुरु भएको छ । 
नेप्सेले नेपाल सेवाको पहिलो कारेबारका लागि १०३ रुपैयाँ ९३ पैसादेखि ३११ रुपैयाँ ८१ पैसासम्म ओपनिङ रेन्ज तोकेको छ । जसअनुसार लघुवित्तको शेयर कारोबार उक्त मूल्य सिमाभित्र रही पहिलो कारोबार गर्नु पर्ने छ भने त्यसपछिका कारोबार नियमित प्रकिया अनुसार हुने छ। 
नेप्सेका अनुसार नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको कारोबार ‘NSEWA ’ संकेतबाट सुरु भएको हो । 
लघुवित्तले कुल १ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्य २% ( अर्थात् ३ हजार ६ सय कित्ता) कर्मचारी र ५% (अर्थात् ९ हजार कित्ता) सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गरेको हो ।  
पहिलो दिन नेप्सेमा लघुवित्तको जम्मा १० कित्ताको दुई वटा कारोबार भएको छ। दुवै कारोबार प्रतिकित्ता तीन सय रुपैयाँमा भएको छ। 

प्रकाशित मिति : २०७५ जेष्ठ ३१ गते 

Leave Your Comment

Related News