CLI

बीमा बजारमा थपियो नयाँ कम्पनी, जनरल इन्स्योरेन्स कम्पनी नेपालले सुरु गर्यो कारोबार


इक्विटी नेपाल – काठमाडौँ :
नेपाली बीमा बजारमा अर्को नयाँ निर्जीवन बीमा कम्पनी थपिएको छ। निर्जीवन बीमा व्यवसाय गर्न जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आज असार ६ गतेबाट विधिवत रुपमा कारोबार आरम्भ गरेको छ । यस कम्पनीले कारोबार आरम्भ गरेसंगै निर्जीवन बीमा कम्पनीको संख्या १८ पुगेको छ। 
बीमा समितिले तोके बमोजिम एक अर्ब जारी पुंजी सहित कम्पनी संचालनमा आएको हो। हाल कम्पनीमा प्रवद्र्धकले ७० करोड रुपैयाँ लगानी गरिसकेका छन् भने ३० करोड रुपैयाँको साधारण सेयर निष्काशनका मध्यमबाट सङ्कलन गर्ने कम्पनीको योजना रहेको जनाएको छ ।
कारोबार आरम्भ कार्यक्रममा कम्पनीले आगामी आर्थिक बर्षभित्रै ४५ वटा शाखा सञ्जाल विस्तार गर्ने लक्ष्य तय गरेको जनाएको छ ।
प्रकाशित मिति : २०७५ असार ६ गते 

Leave Your Comment

Related News