एनएमबि बैंकको एफपीओमा अब ५० लाख कित्तासम्म आवेदन गर्न पाइने , बढ्ला त आकर्षण


इक्विटी नेपाल – काठमाडौँ :
एनएमबि बैंकले सूचना प्रकाशित गर्दै हाल उक्त बैंकले बिक्री गरिरहेको एफपीओमा आवेदन अधिकतम सीमा वृद्धि गरेको छ। पहिले तोकिएको अधिकतम सीमा ५७ हजार ७० कित्ताबाट बढ्उदै अब इक्छुक लगानीकर्ताले अधिकतममा ५० लाख कित्तासम्म आवेदन गर्न सक्ने जनाएको छ। 
धितोपत्रका सर्वजनिक निस्काशनमा सकेसम्म सबै आवेदकलाई दश कित्ताको दरले शेयर बांडफांड गर्नु पर्न व्यवस्था प्रारम्भ भए पश्चात गरिएका धितोपत्रको सर्वजनिक निस्काशनलाई हेर्दा अधिकांश आवेदकले न्यूनतम कित्तालाई मात्र मात्र आवेदन दिने परिपाटी विकास हुँदै जाँदा निष्काशन गरिएको सम्पूर्ण शेयर बिक्री गर्न कम्पनीहरुलाई हम्मे हम्मे परेको देखिन थालेको छ। केहि समयअगाडी निस्काशन गरिएको बुटवल पावरको एफपीओ बिक्री नभई प्रत्याभूतिकर्ताले सकार्नु परेको थियो। अहिले जारी भईरहेको एनआमबि बैंकको एफपीओको पनि त्यस्तै हालत हुने देखिएको परिप्रेक्ष्यमा धितोपत्र बोर्डले आवेदन गर्न सकिने अधिकतम सीमाको प्रावधानलाई संसोधन गरेको छ। 
अधिकतम आवेदन दिनसकिने सीमा सम्बन्धी व्यवस्था संसोधन भई गत असार ४ गतेदेखि लागु भएकले एनएमबि बैंकले पनि अधिकतम सीमा ५० लाख कित्ता पुर्याएको छ। यस संसोधन संगै संस्थागत लगानीकर्तामा एनएमबि बैंकको एफपीओमा आकर्षण बढ्ने अपेक्षा गर्न सकिन्छ। 
जेष्ठ ३० गतेदेखि खुलेको एफपीओमा अब ढिलोमा असार २८ गतेसम्म आवेदन दिन सकिने बिक्रि प्रबन्धक नागरिक लगनी कोषले जनाएको छ।
प्रकाशित मिति: २०७५ असार ६  गते 
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार