नेपाल बैंकको एफपीओ असार १५ गतेदेखि बिक्री खुल्ला, न्यूनतम ५० कित्ता किन्नु पर्ने


इक्विटी नेपाल – काठमाडौँ :
नेपाल बैंकले जारी गर्न लागेको एफपीओ आगामी असार १५ गतेदेखि बिक्रि खुल्ला हुने भएको छ। बैंकले प्रति कित्ता अङ्कित मूल्य एक सय रुपैयाँमा थप प्रिमियम एक सय ८० रुपैयाँ सहित दुई सय ८० रुपैयाँमा एक करोड ७६ करोड ८४ हजार ८ सय ५८ कित्ता कित्ता शेयर जारी गर्न लागेको हो। 
यस एफपीओ मार्फत बैंकले चार अर्ब ९५ करोड १७ लाख ६० हजार दुई सय ४० रुपैयाँ सङ्कलन गर्ने छ। जसमध्ये १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार आठ सय रुपैयाँ चुक्ता पूँजीमा जोडिने छ भने ३ अर्ब १८ करोड ३२ लाख ७४ हजार चार सय ४० रुपैयाँ जगेडा कोषमा जोडिने छ। 
यस एफपीओमा इक्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम सीमाभित्र रहने गरी १० कित्ताको गुणाङ्कमा जारी भएको सम्पूर्ण शेयर कित्तासम्म आवेदन गर्न सकिने बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ। यस एफपीओ खुलेकै दिनदेखि नै संस्थागत लगानीकर्ताले पनि आवेदन गर्न पाउने जनाईएको छ। 
बैंकको एफपिओ छिटोमा असार १९ गते निष्काशन बन्द हुनेछ भने निष्काशित एफपिओ पुरा विक्री नभएको खण्डमा ढिलोमा साउन १३ गतेससम्मआवेदन गर्न सकिने विक्री प्रबन्धकले जनाएको छ ।
प्रकाशित मिति : २०७५ असार ७ गते 
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार