CLI

दोस्रो पटक ४ वर्षका लागि नबिल बैंकको सीईओका रुपमा नियुक्त भए अनिल शाह


इक्विटी नेपाल – काठमाडौँ :
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल केशरी शाह नियुक्त भएका छन्। स्थापनाकालदेखि सीईओका रुपमा आठ वर्ष मेगा बैंकमा बिताएर गत मङ्सिरमा अवकाश पाएका थिए। 
मेगा बैंकमा दोस्रो कार्यकाल सकिएपछि सेञ्चुरी बैंकमा पनि अनुबन्धित भएका शाहले पछि सेवा सुविधाका विषयमा कुरा नमिलेपछि सेञ्चुरी बैंक छाडेर नबिलमा गएका हुन्।। 
केहि समय अगाडी नेपाल राष्ट्र बैंकले एक बैंक छाडेर अर्को बैंकमा प्रमुख कार्यकारी अधिकृत हुन ६ महिनाको कुलिङ पिरियड लागु गरेकाले शाहले गत फाल्गुनदेखि नबिल बैंकमा डेपुटी सीईओका रुपमा कार्य गर्दै आइरहेका थिए।
मेगा बैंक जानु अघि शाहले नबिल बैंकमै पाँच वर्ष सीइओको रुपमा बिताएका थिए। अब फेरी नबिल बैंक फर्केका शाहलाई बैंकको संचालक समितिले असार ७ गतेदेखि लागु हुने गरी आगामी चार वर्षका लागि सीइओ नियुक्त गरेको हो।
प्रकाशित मिति : २०७५ असार ८ गते 

Leave Your Comment

Related News