CLI

आजबाट खुल्यो नाडेप लघुवित्तको आईपीओ, न्यूनतम २० कित्ता आवेदन गर्न पाइने


इक्विटी नेपाल – काठमाडौँ :
धादिङको गजुरीमा केन्द्रिय कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी आज (असार १० गते) देखि सर्वसाधारणलाई आइपिओमा आवेदन खुल्ला गरेको छ। सँस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ४ करोड ८० लाख रुपैयाँ बराबरको ४ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट गत जेष्ठ ३ गते अनुमति पाएको थियो।
जारी गरिएको शेयर मध्ये २४ हजार कित्ता (अर्थात् पाँच प्रतिशत) कम्पनीका कर्मचारी र २४ हजार कित्ता (अर्थात् पाँच प्रतिशत) सामूहिक लगानी कोषलाई छुट्याइएको छ । त्यसपछि बाँकी रहेको ४ लाख ३२ हजार कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।
बिक्रि प्रबन्धकको कार्य गरिरहेको नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार इक्छुक लगानीकर्ताले न्यूनतम २० कित्ता र अधिकतम दुई हजार चार सय कित्ता शेयरका लागि छिटोमा असार १३ र ढिलोमा साउन ७ गतेसम्मआवेदन दिन सक्ने जनाएको छ।
इक्छुक लगानीकर्ताले आस्वा सेवा प्रदान गर्ने सबै बैंक तथा वित्तीय संस्थाबाट वा इन्टरनेटमा आधारित सिडिएसीको मेरो शेयरको सेवाको माध्यमबाट घरमै बसेर पनि आवेदन गर्न सक्ने बिक्रि प्रबन्धकले जनाएको छ। 
हाल कम्पनीको चुक्त्ता पूँजी ११ करोड २० लाख रूपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १६ करोड रुपैयाँ पुग्नेछ । लघुवित्तले चालु आर्थिक बर्षको तेश्रो त्रैमाससम्ममा ४ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तको जगेडा कोषमा १५ करोड ५६ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको निष्कृय कर्जा २.२० प्रतिशत रहेको छ ।
प्रकाशित मिति : २०७५ असार १० गते 

Leave Your Comment

Related News