CLI

नेशनल लाईफ इन्स्योरेन्सको ६०% हकप्रदका लागी तोक्यो बुक क्लोज मिति, हकप्रदपछि पूँजी २.६४ अर्ब पुग्ने


इक्विटी नेपाल – काठमाडौँ :
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पूँजी वृद्धि गर्न बिक्रि गर्न लागेको ६० प्रतिशत हक्प्रद्का लागी आगामी असार २२ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। 
कम्पनीलेको गत वर्ष सम्पन्न २९ औ साधारणसभाले प्रस्ताब गरेको १०:६ अनुपातमा (अर्थात् ६० प्रतिशत) एक सय रुपैयाँ अंकित मूल्यको ९९ लाख ३६ हजार चार सय ७७ कित्ता हकप्रद बिक्रि गर्न लागेको हो। यस हकप्रद बिक्रि पछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ६४ करोड पुग्ने छ। जस संगै नियामक बीमा समितिले तोके बमोजिमको न्यूनतम चुक्ता पूँजी दुई अर्ब कम्पनीले सजिलै हासिल गर्ने छ। 
प्रस्तावित हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत भईसकेको छ। उक्त हक्प्रद्को बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। 
तेस्रो त्रैमासको वित्तिय प्रतिवेदन अनुसार कम्पनिले २२ करोड २० लाख खुद मुनाफा कमाएको छ।
प्रकाशित मिति : २०७५ असार १३ गते 

Leave Your Comment

Related News