खुल्यो नेपाल बैंकको एफपीओ, न्यूनतम ५० कित्तादेखि अधिकतम जारी सम्पूर्ण शेयरका लागि आवेदन दिन सकिने



इक्विटी नेपाल – काठमाडौँ :

नेपाल बैंकले जारी गरेको  एफपीओ आजबाट बिक्रि खुल्ला भएको छ। बैंकले प्रति कित्ता अङ्कित मूल्य एक सय रुपैयाँमा थप प्रिमियम एक सय ८० रुपैयाँ सहित दुई सय ८० रुपैयाँमा एक करोड ७६ करोड ८४ हजार ८ सय ५८ कित्ता कित्ता शेयर जारी गर्न लागेको हो। 
यस एफपीओ मार्फत बैंकले चार अर्ब ९५ करोड १७ लाख ६० हजार दुई सय ४० रुपैयाँ सङ्कलन गर्ने छ। जसमध्ये १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार आठ सय रुपैयाँ चुक्ता पूँजीमा जोडिने छ भने ३ अर्ब १८ करोड ३२ लाख ७४ हजार चार सय ४० रुपैयाँ जगेडा कोषमा जोडिने छ। 
यस एफपीओमा इक्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम सीमाभित्र रहने गरी १० कित्ताको गुणाङ्कमा जारी भएको सम्पूर्ण शेयर कित्तासम्म आवेदन गर्न सकिने बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ। यस एफपीओ खुलेकै दिनदेखि नै संस्थागत लगानीकर्ताले पनि आवेदन गर्न पाउने जनाईएको छ। 
बैंकको एफपिओ छिटोमा असार १९ गते निष्काशन बन्द हुनेछ भने निष्काशित एफपिओ पुरा विक्री नभएको खण्डमा ढिलोमा साउन १३ गतेससम्मआवेदन गर्न सकिने विक्री प्रबन्धकले जनाएको छ ।
हिजो बिहिबारको अन्तिम कारोबार मूल्य दुई सय ९३  रुपैयाँ रहेको छ।  यसको मतलब नेपाल बैंकको एफपीओ मूल्य भन्दा जम्मा १३ रुपैयाँको मात्र अन्तर छ।  यसरि बजार मूल्यकै हाराहारीमा अहिले बिक्रि भईरहेको एनएमबि बैंकको एफपीओमा पर्याप्त आवेदन नपरेर सम्पूर्ण शेयर बिक्रि गर्न मुस्किल परिरहेको छ।  यसै अवस्थामा जारी भएको यस नेपाल बैंकको एफपीओले पनि तेही अवस्था भोग्नु पर्ने हुनसक्छ। 
NBL FPO Notice



प्रकाशित मिति : २०७५ असार १५ गते 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार