नाडेप लघुवित्तको आइपिओ बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट ४३२०० जनाले पाए १० कित्ताका दरले शेयर


इक्विटी नेपाल – काठमाडौँ :
नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी आइपिओ आज बांडफांड गरेको छ। लघुवित्तले गत असार १० गतेदेखि जारी गरेको ४ लाख ८० हजार कित्तामध्ये सर्वसाधारणका लागि छुट्याइएको लघुवित्तको कुल ४ लाख ३२ हजार कित्ता आइपिओका लागि २ लाख १९ हजार ९१ जनाले आवेदन गरेका थिए । जस मध्ये जम्मा ४३ हजार दूई सय जना आवेदकले मात्र १० कित्ताका दरले शेयर पाउन सफल भएका छन्। 
हाल कम्पनीको चुक्त्ता पूँजी ११ करोड २० लाख रूपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १६ करोड रुपैयाँ पुग्नेछ । लघुवित्तले चालु आर्थिक बर्षको तेश्रो त्रैमाससम्ममा ४ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तको जगेडा कोषमा १५ करोड ५६ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको निष्कृय कर्जा २.२० प्रतिशत रहेको छ ।

आइपिओ रिजल्ट हेर्न यहाँ क्लिक गर्नु होला :

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार