लघुवित्तमा लगानीकर्ताको आकर्षण, १०० अंकले बढेर ४ हजारको बिन्दूमाथि पुग्यो समुहगत सूचक

Garima Samriddhi Yojana

काठमाडौं ।आजको शेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ । नेप्से सूचक ३.३४ अंकले घटेर २०६३.९५ को बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६ सय ९७ कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँ १६ पैसाको कारोबार भएको छ । जस मध्ये सोनापुर सिमेन्टको सर्वाधिक १९ करोड ५२ लाख, तथा शिवम् सिमेन्टको १७ करोड ६० लाखको कारोबार भएको छ।

कारोबारमा आएका मध्ये लघुवित्त समुह सर्वाधिक २.५१ प्रतिशत बढेको छ । लघुवित्त समुहको सूचक ९९.६९ अंकले बढेर ४०६३.९१ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका मध्ये ४७ लघुवित्तको शेयर मूल्य बढेको छ ।

आज गोर्खाज फाइनान्स, बुद्धभूमि नेपाल हाइड्रो, सर्वोत्तम सिमेन्ट तथा गुराँस लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कारोबारमा आएका मध्ये बोटलर्स नेपाल बालाजुको शेयर मूल्य सर्वाधिक ९.३२ प्रतिशत घटेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार