काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले आठौँ बार्षिकसभा गर्दै नयाँ कार्यसमिति गठन समेत गरेको छ । साधारणसभाले प्रभु इन्स्योरेन्सका संचालक राजेन्द्र मल्लको नेतृत्वमा दुई वर्षको लागी नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । नब निर्बाचित अध्यक्ष नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष समेत रहेका छन् ।
सघंको नया कार्यसमितिमा उपाध्यक्ष सगरमाथा लुम्बिनी इन्स्योरेन्सका मनोहर दास, महासचिवमा हिमालयन एभरेष्ट इन्स्योरेन्सका महेन्द्र कृष्ण श्रेष्ठ, कोषाध्यक्षमा नेको इन्स्योरेन्सका रमेश कुमार निरौला र कार्यसमिति समिति सदस्यमा युनाइटेड अजोड़ इन्स्योरेन्सका आजाद श्रेष्ठ, सिद्दार्थ प्रिमियर इन्स्योरेन्सका पवन अग्रवाल र सानिमा जनरल इन्स्योरेन्सका कुनाल क्याल निर्वाचित भएका छन् ।