सीजी ग्रुपले बजारमा ल्यायो अन्तरक्रियात्मक डिजिटल बोर्ड

काठमाडौं ।सीजी ब्रान्ड, इलेक्ट्रोनिक्सले शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरूको  उपयोगि हुने अन्तरक्रियात्मक डिजिटल बोर्ड IDB) अथवा स्मार्ट बोर्ड बजारमा ल्याएको छ । यो बार्ड प्रदर्शन गर्न र सिक्न, सिकाउने उपकरणको रूपमा प्रयोग  हुने छ।

यो अन्तरक्रियात्मक डिजिटल बोर्डलाई सबैको पहुचमा पुर्याउन सके सबै क्षेत्रहरूको लागि उपयुक्त वस्तु  हुन सक्ने कम्पनिले बताएको छ  ।

यो डिजिटल बोर्ड (IDB) लाई कम्प्युटर र अन्य उपकरणहरूमा जडान गरिएको छ बोर्डमा द्धप् रिजोल्युसन (4K), वायरलेस स्क्रिन टच, एन्ड्रोइड UHD ओएस, बिल्ट–इन क्यामेरा र माइकहरु जस्ता विभिन्न सुविधाहरू सहित ६५, ७५ र ८६ इन्चमाा उपलब्ध छ ।  यो स्मार्ट बोर्ड कक्षा कोठा, बोर्ड रुम, मिटिङ हल र घरमा पनि उपयोगी हुनेछ

यो डिजिटल बोर्ड (4K )  ले माइक्रो सफ्ट टिम, गुगल मिट, स्काइप र जुम जस्ता प्रविधियुक्त कुराहरु संग सजिलै जोडिन सक्नेछ ।  प्रयोगकर्ताले यो उत्पादन नेपालभरका सबै सीजी ब्रान्डका आधिकारीक आउटलेटहरूबाट प्राप्त गर्न सक्नेछन् ।

सीजी ब्राण्डले आफ्ना पत्पादन नेपालभर आफ्नै शोरुमहरू मार्फत सेवा दिदै आएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार