ग्लोबल मनी विकमा यसरि गर्यो कामना सेबा बिकास बैङ्कले बित्तिय साक्षरता कार्यक्रम

काठमाडौं ।कामना सेवा विकास बैंकले विश्व वित्तीय सप्ताहको अवसरमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ओइसीडिको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिएको छ । साक्ष्रता सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गरिरहेको छ ।

ग्लोबल मनी विक अन्तर्गत कामना सेवा विकास बैंकले विभिन्न स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई बैंकको केन्दय कार्यालय तथा शाखा कार्यालयहरु भ्रमण गराएको छ । बैंकका विभिन्न शाखा तथा विभागहरु र त्यहाँबाट गरिने कार्यहरुको बारेमा विद्यार्थीहरुलाई जानकारी गराईएको छ ।

बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् ग्राहकलाई बैङ्किङ सेबा दिईरहेको छ   ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार