सुनको भाउले रच्यो इतिहास, कति छ आजको मुल्य ?

काठमाडौं ।आज सुन चाँदीको मुल्यले इतिहास रचेको छ । बुधबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य  आज २६ सय रुपैयाँले बढेको छ।

आज छापावाला सुन १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन तोलामा १ लाख २७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ९ हजार ५७० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ९ हजार ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय ३३ रुपैयाँ तोकेको छ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार