CLI

एनसेलले बनायो होलि पर्बको महत्व बुझाउने भिडियो सन्देस

काठमाडौं । एनसेलले होली पर्वको महत्त्व बुझाउने सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ। ‘आफ्नो लागि मात्र होइन, आफ्नाहरूका लागि पनि हरेक पर्व विशेष बनाऔं’ भन्दै एनसेलले उक्त भिडियो सन्देश बनाएको हो ।

आपसी मेलमिलाप र सद्भाव एवं सामाजिक एकताका लागि फागुन शुल्क पूर्णिमाका दिन मनाइने होली प्रमुख चाड हो । तर, साथीभाइ, आफन्त र परिवारसँग मिलेर रंगहरू खेल्दै, खुसी साट्‌दै मनाइने यो पर्वको रौनक विस्तारै हराउँदै गएको भन्दै एनसेलले छोराछोरी आफ्नै तरिकाले होली खेल्न घरबाहिर जाँदा बुवाआमा एक्लै हुने कथालाई महत्त्व दिएर एनसेलले भिडियो बनाएको छ।

भिडियोमा नयाँ पुस्ताले दूरसञ्चार प्रविधि प्रयोगमार्फत कसरी बुवाआमाको विगतका खुसीलाई वर्तमानमा पनि स्थापित गर्न सक्छन् भन्ने सन्देश दिइएको छ। सन्तानका हरेक खुसीका लागि समर्पित हुँदाहुँदै जीवन बिताएका बुवाआमालाई तिनै सन्तानले दिएको एउटा खुसी पनि कति महत्त्वपूर्ण हुन्छ भन्ने सन्देश भिडियो उतारिएको छ।

Leave Your Comment

Related News