सिद्धार्थ प्रिमियर इन्स्योरेन्स उत्कृष्ट निर्जीवन बीमक अवार्डबाट सम्मानित

काठमाडौं ।न्यू बिजनेश एज प्रालिले गरेको आठौं न्यू बिज कनक्लेभ एण्ड बिजनेश अवार्ड  कार्यक्रममा निर्जीवन बीमक सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी उत्कृष्ट निर्जीवन बीमक अवार्डबाट सम्मानित भएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लाई ‘वेष्ट म्यानेज्ड नन लाइफ इन्स्योरेन्स कम्पनी उपाधीबाट सम्मानित गरिएको हो ।

न्यु बिजनेश एज प्रालिका अनुसार स्वतन्त्र निर्णायकहरुले आर्थिक वर्ष २०७९\८० सम्मको वार्षिक साधारण सभा सम्पन्न गरि सकेका सूचीकृत निर्जीवन बीमा कम्पनीहरुमध्ये खुद नाफा, खुद सम्पत्ती, सकृय बीमालेख, दाबी आवेदन दर्ता र दाबी भुक्तानीको अनुपात, दाबी भुक्तानी गर्न बाँकी रकम, नियामकीय कारवाहीको अवस्था, लघु  तथा कृषीबीमाको कूल बीमाङ्क रकमको आधारमा निर्जीवन बीमा कम्पनीहरुबीच प्रतिस्पर्धाका लागि मूल्याङ्कन गरेका थिए । यी मूल्याङ्कनका आधारमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स अब्बल ठहरिएकाले उत्कृष्ट निर्जीवन बीमा कम्पनीको उपाधि प्रदान गरिएको न्यु बिजनेश एज ले जनाएको छ

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार