CLI

रिभर फल्स पावर कम्पनिले हकप्रद ल्याउदै

काठमाडौं ।

रिभर फल्स पावर कम्पनिले हकप्रद ल्याउने भएको छ । कम्पनीले बैंक ऋण भुक्तानी गर्न चुक्ता पुँजी बराबरको रकम हकप्रदका रुपमा सेयरधनीबाट जम्मा गर्न लागेको हो  ।

कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १\१ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने निर्णय गरेको  हो।

संचालक समितिको बैठकले बैंक ऋण भुक्तानी गर्नका लागि हाल कायम रहेको पुँजी बराबरको हकप्रद जारी गर्न नियामक विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिएर आगामी साधारण सभामा पेश गर्ने निर्णय गरेको छ  ।

रिभर फल्स पावरको चुक्ता पुँजी ७० करोड कायम छ ।  हकप्रद प्राप्तिपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोडको हुनेछ । दोस्रो त्रैमासको रिपोर्टको आधारमा ३ करोड ३६ लाख घाटामा रहेको कम्पनीको जगेडा कोष साढे ९ करोड ऋणात्मक रहेको  छ ।

Leave Your Comment

Related News