सिटिजन्स बैंकका ग्राहकले मेदान्त– द मेडिसिटि अस्पतालमा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले भारतको गुँडगाँव स्थित मेदान्त– द मेडिसिटि अस्पतालमा छुट पाउने भएका छन् ।

बैंकको कार्ड भएका ग्राहकले अस्पतालमा सेवा लिएमा  सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।  भारतको गुँडगाँव, हरियाणा स्थित मेदान्त अस्पतालमा आयोजित कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले एक कार्यक्रममा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतासँगै बैंकका ग्राहकले अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिन पाउनेछन् ।
यस्तो बैङ्कका कार्ड बाहक ग्राहकले यो खालको सुविधा मेदान्त अस्पतालमा विगत ४ वर्ष देखि निरन्तर रुपमा उपलव्ध गराउँदै आइरहेको छ ।

बैंकले १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार