इलाम २ मा नेकपा एमालेले बनायो सुहाङ नेम्बाङलाई उमेद्वार

काठमाडौं । नेकपा (एमाले)को ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको बैठकले  इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सचिवालय बैठकले उनलाई उम्मेद्वार बनाउने निर्णय गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ईलाम २ मा  संबिधानसभा अध्यक्ष एमाले उपाध्यक्ष सुवास नेम्बाङको मृत्यु पछि उपचुनाब हुन लागेको हो । सुहाङ नेम्बाङ उनका  कान्छा छोरा हुन्  ।

सुहाङ नेम्बाङ फुटबल क्लब ‘स्पोर्टिङ इलाम डी मेची’  संचालन गरिरहेका छन् ,फुटबल क्लब उनले भर्खरै खरिद गरेका हुन्  । भर्खरै  नेकपा एमालेले उनलाई केन्द्रीय कानुन विभागको सदस्यमा मनोनित गरेको थियो । पेशाले उनी कानुन ब्यबसायी हुन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार