CLI

२० अर्ब ७१ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले २० अर्ब ७१ करोडको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

बैंकले २८ दिनको लागि ५ अर्ब, ९१ दिनको लागि १० अर्ब ११ करोड २५ लाख, १८२ दिनको लागि ६० करोड रुपैयाँ र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

बैंकले जारी गर्ने २० अर्ब ७१ करोड ट्रेजरी बिलमध्ये १५ अर्ब ७१ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने ५ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको सूचनामा उल्लेख छ ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

यो ट्रेजरी बिल भोलि चैत १३ गते जारी हुनेछ भने बोलकबोल आज दिउँसो ३ बजे हुनेछ।

 

Leave Your Comment

Related News