कुमारी बैंकले ल्यायो मोबाइल बैंकिङ्क एपद्वारा निक्षेपको ९० प्रतिशत कर्जा लिन सकिने सुबिधा

काठमाडौं ।  कुमारी बैंकले ग्राहकका लागि नयाँ योजना ल्याएको छ । बैंकले मुद्ति निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्तालाई मोबाइल बैंकिङ्क एपबाट निक्षेपको ९० प्रतिशत सम्म कर्जालिन सक्ने योजना ल्याएको हो ।

यो योजना मोबाइल बैंकिङ्क एपबाट  कर्जा लिँदा ब्याजदरमा ०.२५ प्रतिशत छुट रहेको बैङ्कले जनाएको छ । यस्तो प्रकारको कर्जा लिनको लागि कुनै पनि किसिमको कागजी प्रकृयाहरु नहुने र मोबाइल बैंकिङ्क एप मार्फत यो सुविधा चौबिसै घण्टा उपलब्ध रहने बैंकले जानकारी दिएको छ ।

निक्षेपकर्ताले आफ्नो मुद्वती निक्षेपलाई रद्द नगरी, मोबाइल बैंकिङ्क एपमार्फत सामान्य केहि क्लिकहरु गरेको आधारमै बैंक खातामा तुरुन्तै कर्जाको रकम प्राप्त हुनेछ ।

बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ्ग ईकाई मार्फत सेवा दिँदै आएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार