CLI

डिप्रोक्स लघुवित्तले साधारण सभा गर्दै, लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १५ गते बुकक्लोज गर्दैछ।

आजसम्म कायम शेयरधनीले  मात्र लघुवित्तको साधारण सभामा सहभागि  हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

Leave Your Comment

Related News