सुनको मुल्यले बनायो नयाँ रेकर्ड तोलामै बढ्यो २९ सय

काठमाडौं । आइतबार सुनचाँदीको  मुल्य बढेको छ । शुक्रबार प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २९ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो हालसम्मकै उच्च हो ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा २९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १३ हजार ७७० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १३ हजार २१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय ८४\५० रुपैयाँ तोकेको छ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार