काठमाडौं । सिटिजन्स बैंङ्कले १७ औं बार्षिकोत्सवको अबसर पारेर निःशुल्क स्वास्थ्य शिविर गरेको छ । बैङ्कले सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशका विभिन्न शाखा मार्फत शिबिर संचालन गरेको हो । बैशाख ७ गते बैंकको बार्षिकोत्सव रहेको छ ।
बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत घोडाघोडी नगरपालिका ०८ आमफाँटा कैलालीमा स्थानिय सि.एस. अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य परिक्षण र औषधी वितरण गरको छ भने बागमती प्रदेशको काठमाडौँ जिल्लामा नेपलिज सोसाइटी अफ कम्यूनिटी मेडिसिनमा आवद्ध विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहकार्यमा स्वास्थ्य शिविर गरेको हो ।