सुनको मुल्यमा नयाँ रेकर्ड का प्रतितोला ६०० ले बढ्यो

काठमाडौं । आज साताको दोस्रो दिन पनि सुनचाँदीको  मुल्य बढेको छ । आईतबार प्रतितोला प्रति तोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार  भएको छापावाल सुनको मुल्य  प्रतितोला ६०० ले बढेर १ लाख ३६ हजार   सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च हो ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा ५सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ५०० रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार