CLI

नबिल स्टक डिलरको  प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिए सुरेस देवकोटा

काठमाडौं । सुरेश देवकोटा नबिल स्टक डिलरको  प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका छन् । नबिल स्टक डिलरबाट राजिनामा दिएका देबकोटाको राजिनामा संचालक समितिले  स्वीकृत  गरेको छ ।

निजी क्षेत्रको पहिलो स्टक डिलरको रुपमा स्थापित नबिल स्टक डिलरको संस्थापनाकालदेखि नै सक्रिय देवकोटा गत आश्विन २१ गतेबाट कम्पनीको कार्यकारी प्रमुख नियुक्त भएका थिए । छोटो समयमा नै देवकोटाको नेतृत्वमा नबिल स्टक डिलरले उत्कृष्ट नतिजा दिइरहेको थियो । यस आ.ब.को दोस्रो त्रैमासिक पुस मसान्तको प्रकाशित वित्तीय विवरण अनुसार नबिल स्टक डिलरले रु. ६.६७ करोड खुद नाफा कमाएको थियो

आफ्नो बैकिङ्ग करियर बि.सं. २०६२ सालमा नेपाल बैक लिमिटेडबाट सुरु गरेका देवकोटाले लामो समय नेपाल बङ्गलादेश बैकमा बिताएका थिए । तत्कालिन नेपाल बङ्गलादेश बैक नबिल बैकमा गाभिए पश्चात देवकोटाले नबिल बैकको प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए ।

देवकोटाले नेपाल बङ्गलादेश बैकमा रहदा प्रमुख वित्त अधिकृत, प्रमुख संचालन अधिकृत, प्रमुख जोखिम अधिकृत लगायतका कार्यकारी पदहरुमा रहि आफूलाई अब्बल साबित गरेकाे कम्पनीकाे भनाइ छ। व्यवसायिकरुपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का पूर्व पार्षद रहनुका साथै नेपाल लेखामान बोर्डका सदस्य समेत रहेका थिए । देवकोटाले नेपाल ग्रामीण विकास बैक, आईएमई जनरल इन्स्योरेन्स लगायतका संस्थाहरुमा संचालक सदस्यको रुपमा पनि कार्य गरिसकेका छन् । देवकोटाले त्रिभुवन विश्वविद्यालयबाट ब्यवस्थापन शास्त्रमा स्नातकोत्तर पनि गरेका छन् ।

 

Leave Your Comment

Related News