प्रभु बैङ्कको साधारणसभा हुदै, के -के छन् एजेण्डा ?

काठमाडौं । प्रभु बैंङ्कको २२ औं वार्षिक साधारण सभा  बैसाख २२ गते हुने भएको छ ।बैङ्क संचालक समितिको चैत २३ गते बसेको बैठकले  सो मितिमा  साधारणसभा गर्ने निर्णय गरे अनुसार  साधारणसभा बैंकको केन्द्रीय कार्यालय बबरमहल बस्न लागेको हो ।

साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ ।

बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख ४ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार वैशाख ३ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउँनेछन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार