कांग्रेसको अबरोध कायमै संसब बैठक भोलि सम्मका लागि स्थगित

काठमाडौं ।   आजको प्रतिनिधिसभाको  बैठक भोलि (बुधबार) दिउँसो ११ बजेसम्मलाई स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षदल नेपाली कांग्रसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति माग गरिरहेको छ । मंगलबार बसेको बैठकमा पनि कांग्रेसले त्यही माग राखेर बैठकमा अवरोध गरेको हो ।

बैठकमा अवरोध भएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेका थिए। त्यसपछि उनी दलका प्रमुख सचेतकहरूसँग छलफलमा गरेका थिए उक्त छलफलमा पनि सहमति जुट्न नसकेपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो ।

मंगलबारको बैठकको सुरुमै कांग्रेस सांसदहरू उठेर गृहमन्त्रीको विरोध गरेका थिए । कांग्रेस विरोधमा उत्रिएपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू पनि आसनबाट उठे।

दायाँ र बायाँ दुवैतिर सांसदहरू उठेपछि सभामुख देवराज घिमिरेले कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न समय दिए।

उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि उठेका प्रश्नबारे संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेकी थिइन्।

थिङले आफ्नो कुरा सकेसँगै सभामुख घिमिरेले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिए।

तर, कांग्रेस सांसदहरूले उनलाई बोल्न दिनबाट रोके।

सभामुख घिमिरेले पटक पटक झालाई बोल्न समय दिनका लागि कांग्रेस सांसदलाई आग्रह दिएका थिए। तर, कांग्रेसले सभामुखको अनुरोध मानेनन् ।

कांग्रेसले कायम राखेको संसद अबरोध खुलाउने बिषयमा आज बिहान सत्ता साझेदार दलको बैठक भएको थियो । सो बैठक बिना निश्कर्ष टुंगिएको थियो । बिहानै कांग्रेसका महामन्त्री तथा सांसद गगन थापा र कांग्रेस नेता कृष्ण प्रसाद सिटौलासँग प्रधानमन्त्रीले छलफल गरेका थिए

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार