काठमाडौं । अघिल्लो साता कारोबारको अन्तिम दिन घटेर बन्द भएको नेप्से परिसुचाङ्क आज साताको पहिलो दिन आइतबार १२.२९ अंकले बढेको छ आजको बढाईसगै नेप्से १९८४.४३ बिन्दुमा पुगेको छ ।
नेप्सेमा आज २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४ सय ५६ रुपैयाँ ८९ पैसाको कारोबार भएको छ । जस मध्ये गोर्खाज फाइनान्सको सर्वाधिक १० करोड २१ लाखको कारोबार भएको छ । त्यस्तै सर्बोत्तम सिमेन्टको ७ करोड ८८ लाख, पिपुल्स पावरको ७ करोड १९ लाख तथा रूरू हाइड्रोको ६ करोड ८८ लाखको कारोबार भएको छ ।
आज दोल्ती पावर कम्पनीको शेयर मूल्य सर्वाधिक ९.८८ प्रतिशत बढेको छ भने एनआईसी एशिया लघुवित्तको शेयर मूल्य ८.४७ प्रतिशत बढेको छ । त्यस्तै रुरु हाइड्रोको शेयर मूल्य ८.१८ प्रतिशत, अपार हेवा खोला हाइड्रोको शेयर मूल्य ७.२५ प्रतिशत तथा सर्वोत्तम सिमेन्टको शेयर मूल्य ६.५४ प्रतिशत बढेको छ ।
आज पिपुल्स पावरको शेयर मूल्य सर्वाधिक ७.४६ प्रतिशतले घटेको छ भने खानीखोला हाइड्रोको शेयर मूल्य ५.४७ प्रतिसहत घटेको छ । त्यस्तै सुर्यज्योति लाइफको शेयर मूल्य ४.९७ प्रतिशत तथा गुराँस लघुवित्तको शेयर मूल्य ४.६८ प्रतिशत घटेको छ ।