फोनपे पेमेन्ट सर्भिसद्वारा नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ ।

डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल अन्र्तगत यस संस्थाले नेपालमा पहिलो पटक पुर्णरुपमा डिजिटल क्रेडिट कार्डको सुरुवात सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड संगको सहकार्यमा सुरुवात गरेको जनाएको छ ।

नेपालका बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई फोनपे क्रेडिट योजना अन्र्तगत रहि पुर्णरुपको डिजिटल क्रेडिट कार्ड० आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत्  उपलब्ध गराउन सक्नेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैंक भएको छ । सिटिजन्स बैंकका ग्राहकहरुले यस क्रेडिट कार्डको सुविधा सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत लिन सक्ने छन् ।

नेपाल राष्ट्र बैंकले परिकल्पना गरेको नेपालको आफ्नै डोमेस्टिक कार्ड परियोजना अन्र्तगत नेपाल राष्ट्र बैंकबाट यस संस्थालाई प्राप्त अनुमति बमोजिम फोनपे क्रेडिट योजना सञ्चालनमा ल्याउन लागिएको कम्पनीले जनाएको छ । यस फोनपे क्रेडिट कार्डले नेपालको कार्ड भुक्तानी उद्योगलाई पुनः परिभाषित गर्ने विश्वास फोनपेले लिएको छ । उक्त क्रेडिट कार्ड पुर्णरुपमा डिजिटल अनबोर्डिङ्ग र जारी हुने तथा हाल फोनपे क्यूआरमा आबद्ध करिब १४ लाख व्यावसायीहरुको स्थानहरुमा निर्बाद रुपमा प्रयोग गर्न सकिने फोनपेले जनाएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार